डा. मृगेन्द्र श्रेष्ठले गरे विज्ञान विषयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत

ललितपुर । श्री महालक्ष्मी माध्यमिक विद्यालय परिसरमा चैत्र १४ गते शनिबार आयोजित एक विशेष कार्यक्रममा SEE परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच पुरस्कार प्रदान गरियो । जसमा श्री कृष्ण प्रसाद आचार्य प्रतिभा कोष, श्री हरिबहादुर श्रेष्ठ एक्सीलेंसी अवार्ड, श्री सेतीराम बेतिमाया खेलकुद पुरस्कार, श्री मृगेन्द्र श्रेष्ठ उत्कृष्ट बिज्ञान बिषय पुरस्कार, श्री बिसम पोखरेल बालशिक्ष‌ पुरस्कार वितरण समारोह आयोजना गरिएको थियो ।

यस्तैमा कार्यक्रमका अतिथि डा. मृगेन्द्र श्रेष्ठले उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभयो। उहाँले विज्ञान बिषयमा SEE मा उत्कृस्ट अंक ल्याउने तीन जना विद्यार्थीहरूलाई दामासाही छ हजार रुपियाँ दिएर हौसला प्रदान गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा अभिभावकहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा श्रेष्ठ  विज्ञान विषयमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीको मेहनतको प्रशंसा गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत विद्यार्थीलाई थप उत्साहित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस प्रकारका सम्मान कार्यक्रमले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै गुणस्तरीय शिक्षामा टेवा पुग्ने विश्वास गरिएको छ । कार्यक्रममा विभिन्न पोसाक र पहिरमा बालबालिका तथा बिद्यार्थीहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा स-साना बिद्यार्थी बाबुनानीहरुलाई ग्रेजुएशनको पोशाक पहिराएर प्रमाणपत्र पनि उपलब्ध गराइएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा महलक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठ तथा उपमेयर लक्ष्मी महर्जन तथा वडा 8 का वडा अध्यक्ष बिश्वराम श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार