इङ्लिस प्रिमियर लिग : चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले चेल्सीविरुद्ध शानदार जित निकालेको छ ।

एभर्टनको जितमा बेटोले दुई गोल गर्दा इलिमान एडमियारले एक गोल गरे । खेलको पहिलो हाफको ३३ औं मिनेटमा बेटोले पहिलो गोल गर्दै टिमलाई आग्रता दिलाएका थिए ।

पहिलो हाफ १–० मा सकिएको खेलको दोस्रो हाफको ६२ औं मिनेटमा एभर्टनका बेटोले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।

खेलको ७६ औं मिनेटमा इलिमान एनडियारले थप गोल गर्दै चेल्सीविरुद्ध ३–० को प्रष्ट जित बनाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार