बालेनले भने – ‘भोट नदिए पनि हुन्छ काम दिनुस्, सुदूरपश्चिम बनाउँछौं’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिमले भोट नदिए पनि काम गर्ने बताएका छन्।धनगढीमा पार्टीले बुधबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै शाहले आफू भोट माग्न नआएको बताए।

‘धेरै बोल्दिनँ, म भोट माग्न आएको पनि होइन।’ उनले भने,‘ भोट नदिए पनि हुन्छ । कामको लिस्ट दिनुस्, रास्वपाले काम गरेर देखाउँछ।’ उनले विपन्न र गरिवले शिक्षा र स्वास्थ्य नि: शुल्क उपचार पाउनुपर्ने बताए।

‘खल्तीमा पैसा नभएको विपन्न र गरिवले शिक्षा पाउनुपर्यो, स्वास्थ्य उपचार पाउनुपर्यो।’ उनले भने, ‘ दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन। कसरी हुन्छ डेढ वर्षमा बन्नुपर्यो भन्ने रास्वपाको एजेन्डा हो। हामी अरुले जस्तो भोट नभएको ठाउँको बाटो नबनाउने गर्दैनौं। हामी कांग्रेस एमाले माओवादी सबै हिँड्ने बाटो बनाउँछौं।’

प्रतिक्रिया
सम्बन्धित समाचार