स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको छ । यो यो जित नेपाली टोलीले १२ वर्षपछिको पनि हो ।

मंगलबार भएको समूह सी को आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा १२ वर्षपछि जित निकाल्यो ।

नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा २ जित हात पारेको थियो।

नेपालले पहिलो पटक विश्वकप खेल्दा सन् २०१४ मा हङकङलाई ८० रनले हराएको थियो।

समूह चरणको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई ९ रनले हराएको थियो। त्यसयता नेपालले विश्वकपमा जित निकाल्न सकेको थिएन।

जारी विश्वकपको समूह चरणमा नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। दोस्रो खेलमा इटालीसँग १० विकेटको फराकिलो हार व्यहोर्यो। तेस्रो खेलमा वेष्ट इण्डिजसँग ९ विकेटको हार बेहोर्यो । आजको अन्तिम खेलमा टस जितेर स्कटिस टोलीलाई नेपालले ब्याटिङको निम्तो दिएको थियो ।

स्कटल्यान्डले १७१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले ३ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालका लागि दीपेन्द्रले २० औँ ओभरको पहिलो बलमा २३ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरे। जारी विश्वकपमा यो दीपेन्द्रको यो लगातार दोस्रो अर्धशतक हो। यसअघि उनले वेष्ट इण्डिजविरुद्ध अर्धशतक हानेका थिए। गुल्सनले १७ बलमा १ चौका र २ छक्का सहयोगमा २४ रनमा अविजित रहे।

चौथो विकेटका लागि दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले ७३ रनको अविजित साझेदारी गरेपछि नेपालले जारी विश्वकपमा पहिलो जित हात पारेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार