नेपालले आज युएईविरुद्ध टी-२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै

काठमाडौँ– आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ। नेपाल र यूएईबीचको वार्म अप खेल साँझ सवा ५ बजेदेखि चेन्नईको एमए चिदाबरम स्टेडियममा सुरु हुनेछ।

यसअघि नेपालले मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ सँग र श्रीलंकामा श्रीलंका ‘ए’ सँग अभ्यास खेल खेलेको थियो। श्रीलंका ‘ए’ सँग ३ खेल खेल्दा १ खेल मात्र जितेको नेपालले एमसीएलाई दुवै खेलमा हराएको थियो।

टी(२० विश्वकप फेब्रुअरी ७ ९माघ २४० देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ। नेपालले पहिलो खेल माघ २५ मा इंग्ल्यान्डसँग खेल्नेछ। नेपालले माघ २९ मा इटली, फागुन २ मा वेस्ट इन्डिज अनि फागुन ४ मा स्कटल्यान्डसँग खेल्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार