सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कति पुग्यो आज तोलामा ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन साढे नौ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (माघ १४) सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ । यो इतिहासकै उच्च मूल्य हो ।

अघिल्लो दिन भने प्रतितोला तीन लाख नौ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ४३० रुपैयाँले बढेर सात हजार ३०० रुपैयाँ पुगेको छ । हिजो प्रतितोला ६ हजार ८७० रुपैयाँ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार