सुनको मूल्य आज तोलामा २४ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ? 

काठमाडौं । सुनको मूल्य मूल्य लगातार उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (माघ ११) छापावाल सुन तोलामा २४ सय बढेको हो ।

आजको मूल्यअनुसार एक तोला सुन किन्न उपभोक्ताले तीन लाख तीन हजार ८०० रुपैयाँ खर्चिनुपर्नेछ । शुक्रबार (माघ ९) तीन लाख एक हजार ४०० रुपैयाँ कायम थियो ।

चाँदीको मूल्य पनि तोलामा २९० बढेको छ । यससँगै चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँ पुगेको हो । शुक्रबार चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार