माछापुच्छ्रे बैङ्कको नाफामा उल्लेख्य वृद्धि

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड (एमबीएल) ले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा नाफा बढेको जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा बैंकले १ अर्ब १ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन गत आर्थिक वर्षको समान अवधिको तुलनामा करिब २५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा बैंकको खुद नाफा ८० करोड ७३ लाख रुपैयाँमा सीमित थियो।

खुद ब्याज आम्दानीमा भएको वृद्धि र गैर-सञ्चालन खर्चमा आएको कमीका कारण बैंकको नाफा बढ्न सहयोग पुगेको हो । समीक्षा अवधिमा खुद ब्याज आम्दानी ४.१६ प्रतिशतले बढेको छ भने फि तथा कमिशनबाट हुने आम्दानीमा २२.१२ प्रतिशतको वृद्धि देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार