विश्वकप छनोटः जिम्बाब्वेविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – घरेलु टोली नेपालले आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा जिम्बाब्वेविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर फिल्डिङको निर्णय लिइन् ।

आफ्नो तेस्रो खेल खेल्दै गरेको नेपाल पहिलो जितको लक्ष्यमा छ । यसअघि नेपालले थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

यता, चौथो खेल खेल्न थालेको जिम्बाव्बे पनि पहिलो जित चाहन्छ । यसअघि जिम्बाब्वले नेदरल्यान्ड्स, थाइल्यान्ड र स्कटल्यान्डसँगको खेल गुमाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार