आईसीसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट : नेदरल्यान्ड्सविरुद्ध बलिङ गर्दै नेपाल 

काठमाडौं । आईसीसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ थालेको छ । बिहीबार (माघ ८) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ थालेको हो ।

नेपाल यसअघिको खेलमा थाइल्यान्डसँग पराजित भएको थियो । जिम्बाब्वे र स्कटल्यान्डलाई हराइसकेको नेदरल्यान्ड्स तेस्रो जितको खोजीमा छ । नेपाललाई पराजित गरेमा नेदरल्यान्ड्स सुपर सिक्समा पुग्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार