काठमाडौं । सेल्टाभिगोले स्पेनिस शीर्ष डिभिजन लिग लिगामा सेभिल्लाविरुद्ध १–० को कठिन जित निकालेको छ । मंगलबार सेल्टाभिगोलाई सेभिल्लाको घरेलु मैदान स्टाडियो आर सान्चेज पिज्जुआनमा जित दिलाउन मार्काेस अलोन्से निर्णाक बने ।
अलोन्सेले दिएको गोललाई नै अन्तिम समय सम्म जोगाउँदै पाहुना टोलीले जित निकालेको हो । अलोन्सोले ८८औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । जितसँगै सेल्टाभिगोले प्रतियोगितामा २९ अंक जोडेको छ ।
तालिकाको सताैँ स्थानमा रहेको सेल्टाले कूल १९ खेल खेल्दा सात जित, आठ बराबरी र चार हारसहित यो नतिजा आत्मसाथ गरेको हो । पराजित सेभिल्ला भने २० अंकका साथ प्रतियोगिताको १४औँ स्थानमा छ ।