सुनको भाउ घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । गत शुक्रबार बढेको सुनको भाउ आज घटेको छ । उक्त दिनको तुलनामा आज सुनको भाउमा २१ सय रुपैयाँको गिरावट आएको छ ।

यससँगै आज स्थानिय बजारमा प्रतितोला सुनको भाउ २ लाख ६० हजार ४ सय कायम भएको छ । गत शुक्रबार भने एक तोला सुनको कारोबार २ लाख ६२ हजार ५ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको भाउ २ हजार ९ सय रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि २५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार