उद्योगको औसत क्षमता उपयोग ४४.५ प्रतिशतमा सञ्चालन

काठमाडौं । गत आर्थिक बर्ष २०८१–८२ मा देशभरका उद्योगको औसत क्षमता उपयोग ४४.५ प्रतिशतमा सञ्चालन भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको गत आवको आर्थिक गतिविधि सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।

यद्यपि, यो अघिल्लो आव २०८०-८१ को तुलनामा कम हो । अघिल्लो आव २०८०-८१ मा देशभरका उद्योगहरू औसत ४८३ प्रतिशत क्षमतामा सञ्चालन भएका थिए । ‘समीक्षा वर्षमा अध्ययनमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ४४५ प्रतिशत रहको छ ।

गत आर्थिक वर्ष २०८०–८१ मा औसत क्षमता उपयोग ४८३ प्रतिशत रहको थियो । समीक्षा वर्षमा अध्ययनमा समेटिएका उद्योग मध्ये टायर तथा ट्यूव उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९०.७० प्रतिशत रहको छ भने वनस्पति घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम (१.१० प्रतिशत रहेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनअनुसार अध्ययनले समेटेका उद्योगहरू मध्ये वनस्पति घिउ, भटमासको तेल, बिस्कुट, चाउचाउ, वियर, चुरोट, सिन्थेटिक कपडा, लत्ता कपडा अन्तर्गत अन्य, कच्चा छाला, प्लाइउड, ट्याब्लेट औषधी, क्याप्सुल, ओइन्टमेन्ट, ड्राई सिरप, लिक्वीड, साबुन, प्लास्टिकका सामान, फलामको छड तथा पत्ति, स्टिलजन्य उत्पादन, जिआई पाइप र टान्सफर्मर उत्पादन गर्ने उद्योगको क्षमता उपयोग बढेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार