पूर्वप्रहरी महानिरीक्षक खापुङ र काठमाडाैंका तत्कालीन सीडीओ रिजालको स्थानहद फुकुवा

काठमाडौँ – जेन–जी आन्दोलनको बलमा निर्माण भएको सरकारले बनाएको ‘२३ र २४ भदौको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२’ले स्थानहद तोकिएका पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र तत्कालीन काठमाडौंका सीडीओ छविलाल रिजालको स्थानहद फुकुवा गरेको छ ।

काठमाडौं उपत्यकाबाहिर जान नपाउने भनेर यसअगाडि गरिएको प्रावधान हटाएर ‘भ्रमण फुकुवा गरिएको’ आयोगका उपसचिव कमलप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

उनले भने, ‘निजको विदेश भ्रमण र उपत्यका छोड्न नपाउने व्यवस्था फुकुवा गर्ने भनी यस आयोगबाट मिति २०८२/०९/०७ मा निर्णय भएकाले सोही व्यहोरा निर्णयानुसार अनुरोध छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार