काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त सहकारी बैंकले एक सदस्यलाई आफ्नो कुल सम्पत्तिको १५ प्रतिशतसम्मको दरमा ऋण दिन पाउने भएका छन् ।
राष्ट्र बैंकले आइतबार ‘सीमित बैंकिङ कारोबार गर्ने गरी इजाजतपत्र प्राप्त सहकारी बैंकका लागि निर्देशन, २०८२’ जारी गर्दै यस्तो व्यवस्था गरेको छ । सहकारी बैंकले आगामी असार मसान्त भित्र कर्जालाई यो सीमामा कायम गर्नुपर्नेछ ।
‘सहकारी बैंकले एउटै सदस्य वा आपसी सम्बन्ध भएका सदस्यहरूको समूहलाई प्रदान गर्नसक्ने ऋण–कर्जाको सीमा सदस्य संस्थाको कुल सम्पत्तिको १५ प्रतिशतसम्म वा सहकारी बैंकको अघिल्लो त्रैमासको कुल साधारण शेयरको २० प्रतिशतमध्ये जुन कम हुन्छ सो बराबर कायम गनुपर्नेछ । उक्त सीमाभित्र ऋण–कर्जा बक्यौता नरहेमा सहकारी बैंकले २०८३ असार मसान्तभित्रमा यस्तो सीमा कायम गरी सक्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।
यो सीमा भन्दा बढी बढी प्रदान गरिएको कर्जामा सतप्रतिशत कर्जा नोक्सानी व्यवस्था अर्थात् प्रोभिजन राख्नुपर्ने व्यवस्था गरिएको छ ।