काठमाडौं । एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएका छन् ।
सञ्चालक र अध्यक्ष पदबाट अग्रवालले दिएको राजीनामा आज बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
आफ्नो व्यक्तिगत कारणवश राजीनामा दिएको अग्रवालले पत्रमा उल्लेख गरेको कम्पनी सचिव कमल खड्काले जनाएका छन् ।