बैंकका कर्मचारीमाथि आक्रमण भएपछि राष्ट्र बैंकको आपत्ति, घटना नरोकिए कारबाही गर्ने चेतावनी

काटगमाडौँ – ज्योति विकास बैंकका कर्मचारीमाथि भौतिक आक्रमण भएको घटनाप्रति केन्द्रीय बैंकले गम्भीर आपत्ति जनाएको छ । ऋण असुलीका क्रममा हालै ज्योति विकास बैंकका कर्मचारीमाथि भौतिक आक्रमण भएको छ । यस घटनालाई लिएर राष्ट्र बैंकले आपत्ति जनाउँदै मंगलबार विज्ञप्ति जारी गरेको हो ।

सर्वसाधारणबाट निक्षेप संकलन गर्ने र कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाहरूको प्रमुख कार्य भएकाले प्रवाहित कर्जा असुल गर्नेपनि नियमित काम भएको र यस क्रममा बैंकका कर्मचारीमाथि भौतिक आक्रमणमा उत्रिनु गलत र निन्दनीय भएको बैंकले विज्ञप्तिमा बताएको छ ।

राष्ट्र बैंकले यस्ता गतिविधिले समग्र वित्तीय प्रणालीमै असर पार्ने भन्दै सबै सरोकारवालालाई जिम्मेवार व्यवहार गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार