लाभांश पारित गर्दै कृषि विकास बैंकको साधरण सभा सम्पन्न

काठमाण्डौ । कृषि विकास बैंकको आर्थिक वर्ष २०८१/८२ अर्थात १९ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । उक्त सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा मंसिर २९ गते सम्पन्न भएको हो ।

सभामा सेयरधनीहरुलाई चुक्ता पूँजीको ३.२५ प्रतिशत बोनस सेयर र नगद लाभांश स्वरुप ९.७५ प्रतिशत (कर सहित) उपलव्ध गराउने प्रस्ताव पारित भयो । बैंक संचालक समितिका अध्यक्ष डिम प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त साधरणसभामा वक्ताको रुपमा नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधी मुक्तीरमण पराजुली लगायत ९ जनाले आफनो भनाई राखेका थिए ।

यसरी भाग लिएका सेयरधनीहरुले उठाएका जिज्ञासका सम्बन्धमा सञ्चालक समिति अध्यक्ष डिम प्रसाद पौडेलले स्पष्ट पार्नुका साथै सेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार