कुमारी बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । मंसिर २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी पुस ३० गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभा काठमाण्डौमा भाटभटेनीमा रहेको आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैंकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव पेश हुनेछैन ।

सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१र८२ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सहायक कम्पनी कुमारी क्यापिटल र केबीएल सेक्युरिटिजको वित्तीय विवरणहरु पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार