सूर्यकुण्ड हाइड्रोले पायो आईपीओ निष्काशनका लागि अनुमति

काठमाडौं । नुवाकोटमा चलिरहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आईपीओ निष्काशनका लागि अनुमति पाएको छ । अपि पावरको बहुमत शेयर हिस्सा रहेको सो हाइड्रोपावरलाई नेपाल धितोपत्र बोर्डले बिहीबार आईपीओ निष्काशनको अनुमति दिएको हो ।

यस कम्पनीले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी गत साउन देखि नेपाल विद्युत् प्राधिकरणलाई विद्युत बिक्री गर्दै आएको छ ।

बोर्डबाट अनुमति पाएसँगै कम्पनीले अब १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३ सय ५० कित्ता शेयर निष्काशन गर्ने भएको छ । जसका लागि कुमारी क्यापिटललाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार