काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन् ।
लुम्बिनीले बुधबार काठमान्डु गोर्खाजलाई चार विकेटले हराउँदै क्वालिफायरमा स्थान बनाएको हो ।
यता विराटनगर भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि दोस्रो क्वालिफायरको भर पर्नुपरेको हो ।
आज विजेता हुने टिमले शनिबार फाइनलमा सुदूरपश्चिमसँग उपाधि भिडन्त गर्नेछ । सुदूरपश्चिम गत सिजनको उपविजेता हो । यसपटक उत्कृष्ट लयमा रहेकाले उपाधि दाबेदार पनि हो ।
यता विराटनगर भने एक/दुई खेल बाहेक अन्यमा आक्रामक प्रदर्शन गर्दै आएको छ । लिग चरणका प्रदर्शन हेर्ने हो भने लुम्बिनीमाथि विराटनगर हाबी हुने देखिन्छ । तर टी–२० खेलमा यसै भन्न सकिँदैन । गत सिजनमा खराब प्रदर्शन गरेको विराटनगर यसपटक उपाधि उचाल्न चाहन्छ ।