अन्डाको मूल्य हालसम्मकै उच्च

चितवन । विगत लामो समयदेखि नोक्सान व्यहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुने गरी अन्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएका थिए ।

नेपाल लेयर्स कुखुरापालक संघले मंगलबार (मंसिर २३)देखि लागु हुने गरी अन्डाको नयाँ मूल्य कायम गरेको छ । त्यसानुसार ठूलो (एक्सएल) अन्डा प्रतिक्रेट (३० वटा)को ५८०, ठूलो अन्डा ५६५ र मिडिएम ५५० रुपैयाँ कायम गरिएको छ ।

गएको साउनमा यसअघि हालसम्मकै सबैभन्दा बढी ठूलो अन्डाको प्रतिक्रेट ५६० रुपैयाँ पुर्‍याइएको थियो । क्रमशः मूल्य घटेर ४०० रुपैयाँमा झारिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार