सुनको मुल्य घट्यो चाँदीको बढ्यो

काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा दुई लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ ।

शुक्रबार दुई लाख ५२ हजार ४०० रुपैयाँ थियो । त्यस्तै, चाँदीको मूल्य भने ५० रुपैयाँले बढेको छ । शुक्रबार तीन हजार ५५५ रहेको प्रतितोला चाँदीको मूल्य ५० रुपैयाँ बढ्दै तीन हजार ६०५ पुगेको महासंले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार