पोखरा । टेनिस खेलाडी शिवाली गुरुङले पोखरामा आयोजित ‘वर्ल्ड टेनिस टुर जे३०’ मा सर्किट १ मा गर्ल्सतर्फ दोहोरो उपाधि जित्दै इतिहास रचेकी छन् ।
कोरियाकी युल हो जुङले ब्वाइजतर्फ दोहोरो उपाधि जित्दा गर्ल्सतर्फ शिवालीले आफनो नाममा लेखाउन सफल भएकी हुन् ।
नेपाली जुनियर टेनिस खेलाडी शिवाली गुरुङले सबैभन्दा कम उमेरमा आइटीएफ जे–३० प्रतियोगिता जित्ने नेपाली खेलाडी बनेर इतिहास रचेकी हुन् । भर्खर १४ वर्षमा प्रवेश गरेकी शिवालीले पहिलो पटक सिंगल्स र डबल्समा दोहोरो उपाधि जित्दै ३७ अंक जोड्न सफल भएकी थिइन् ।
उनलाइ भाटभटेनी सुपरस्टोर्सले पनि सहयोग गर्दै आएको छ ।
उनी अर्को महिना अस्ट्रेलियामा आयोजना हुने ग्राण्डस्लाम अस्ट्रेलियन ओपन इलाइट ट्रफी २०२६ मा सहभागी हुने पहिलो नेपाली खेलाडी समेत बनेकी छन् ।