अब पाँच लाखभन्दा बढीको कारोबार बैंकबाटै गर्नुपर्ने

काठमाडौं । अब पाँच लाख बढीको कारोबार बैंकबाट मात्रै गर्नुपर्ने व्यवस्था गरेको छ । सम्पत्ति शुद्धीकरणलाई नियन्त्रण गर्न र ग्रेलिस्टबाट मुक्त हुनका लागि नगद कारोबारको सीमा घटाइएको नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

यसअघि १० लाख रुपैयाँसम्मको कारोबार नगद गर्न पाइने व्यवस्था थियो । मन्त्री खरेलका अनुसार एक पटकमा ५ लाख वा सोभन्दा बढी रकम बुझ्दा वा बुझाउँदा अब अनिवार्य रूपमा बैंक, वित्तीय संस्था वा डिजिटल माध्यममार्फत नै कारोबार गर्नुपर्नेछ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नगद कारोबार घटाउँदा सेवा, वस्तु खरिद–बिक्री तथा अन्य वित्तीय कारोबारमा पारदर्शिता बढ्ने विश्वास गरेको छ । सरकारले औपचारिक कारोबारलाई प्रोत्साहित गर्ने र कालोधन ९अनडिक्लेयर्ड क्यास० को प्रयोग रोक्न नगद कारोबार सीमामा कडाइ गर्नु आवश्यक भएको बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार