काठमाडौं । नेपाली बजारमा मंगलबार (मंसिर १६) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५३ हजार ३०० रुपैयाँ कायम छ । सोमबार ९मंसिर १५० छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार ५४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला तीन हजार ५३५ रुपैयाँमा कारोबार भएको थियो ।