सचित तेन्दुलकरको रेकर्ड तोडेर विराटले दुलर्भ कीर्तिमान बनाए

काठमाडौं – केही समयको आरामसँगै भारतका ब्याट्सम्यान विराट कोहलीले दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय खेलमा शतक प्रहार गर्दै नयाँ कीर्तिमान बनाएका छन्। एक दिवसीय क्रिकेटमा ५२ औं शतक हिर्काउँदै उनले नयाँ कीर्तिमान बनाएका हुन्।

अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडीको रुपमा उनले नयाँ कीर्तिमान बनाएका हुन्।

सचित तेन्दुलकरको नाममा रहेको कीर्तिमान तोडेर विराटले दुलर्भ कीर्तिमान बनाएका हुन्।

यसअघि सचिनसँग बराबरी गरेका विराटले अब सचिनको कीर्तिमान भंग गरेका हुन्। यसअघि विश्व क्रिकेटमा सर्वाधिक शतकको कीर्तिमान भारतीय क्रिकेटका हस्ती सचिनको नाममा थियो। उनले एक दिवसीय खेलमा ५१ शतकको रेकर्डलाई बनाएका हुन्। कोहोलीले उक्त रेकर्डलाई अब भंग गरेका हुन। यो अन्तर्राष्ट्रिय क्रिकेटको कुनै पनि फरम्याटमा एउटै खेलाडीले बनाएको सर्वाधिक शतक हो।

सचिनको रेकर्ड तोडेको खेलमा भारत १७ रनले विजयी भयो। सुरुमा ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा ३४९ रन बनाएको थियो। उसका लागि विराटले १२० बलको सामना गर्दै १३५ रन बनाए। यो खेलमा एक दिवसीय खेलमा सर्वाधिक ३५२ छक्का पूरा गर्दै रोहित शर्मालेसमेत नयाँ रेकर्ड बनाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार