काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको पहिलो कारोबारमा झन्डै २६ अंकले घटेको छ । आइतबार (मंसिर १४) नेप्से २६.५१ अंकले घटेको हो । योसँगै बजार परिसूचक २६४९.५२ विन्दुमा कायम भएको छ ।
बजार घट्दा ४५ कम्पनीको सेयर मूल्य बढेको छ । २११ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।
यस दिन सात अर्ब आठ करोड ५४ लाख ४९ हजार ३३३ रुपैयाँको एक करोड ५७ लाख ३६ हजार ३७२ कित्ता सेयर किनबेच भएको छ । ३४२ कम्पनीको सेयर ८४ हजार १५६ पटकमा किनबेच भएको हो ।
सागर डिस्ट्रिलरी, निफ्रा ग्रीन इनर्जी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रिटेकको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ । एनआईएमबी डिबेन्चर, जोशी हाइड्रो, हिमाल दोलखा हाइड्रो, स्वेतगंगा हाइड्रो र हिमालयन हाइड्रो उच्च गुमाउने शीर्ष कम्पनीमा परेका छन् ।
समूहगत उपसूचकतर्फ म्यानिफ्यक्चरिङ एन्ड प्रोसेसिङ तथा म्युचअल फन्ड बढ्दा बाँकी ११ सूचक घटेका छन् ।