घोराही सिमेन्टको लाभांश घोषणा, साधारण सभा समेत आह्वान

काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । कम्पनीले आव २०८१/८२ का लागि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

लाभांश वितरणको प्रस्ताव पारित गर्न कम्पनीले पाँचौ वार्षिक साधारण सभा समेत डाकेको छ । कम्पनीको उक्त सभा पुस १४ गते दाङमा रहेका होटल पौवामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

सभामा २०८१ पुस २७ गतेको चौथो बार्षिक साधारण सभाबाट कम्पनीको कायम रहेको चुक्ता पुँजीबाट ७५ प्रतिशत अर्थात प्रति १ शेयर ०.७५ सेयरका अनुपातले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरिएको र मिति २०८१ चैत २६ मा धितोपत्र बोर्डमा दर्ता गरी प्रक्रियामा रहेकोमा कम्पनीले पाचौ वार्षिक साधारण सभाबाट सेयरधनीलाई वितरण गर्ने कर वाहेक १० प्रतिशत बोनस सेयर पश्चात हुन आउने चुक्ता पुँजी अनुसार हकप्रद सेयर पुनरावलोकन हुन सक्ने भएको हुँदा बोनस सेयर र हकप्रद सेयर जारी गरे पश्चात हुन आउने जारी तथा चुक्ता पुँजीबमोजिम कम्पनीको प्रबन्ध पत्रमा भएको जारी तथा चुक्ता पुँजी सम्बन्धी व्यवस्था संसोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार