काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर बलिङ सुरु गर्ने भएको छ । त्रिवि क्रिकेट रंगशालामा हुने खेलमा पोखरा एभेन्जर्सले सुरुमा ब्याटिङ गर्दै छ ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चारमध्ये एक र कुशल भूर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलमध्ये एक खेल मात्र जितेको छ ।
लुम्बिनी अंक तालिकाको सातौँ र पोखरा छैटौँ स्थानमा छ ।