काठमाडौं –नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा कर्णाली याक्सले विराटनगर किंग्समाथि ३ विकेटको रोमाञ्चक जित निकालेको छ।
कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्यो।
कर्णालीले दिएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरका बसिर अहमदले ६२ रन बनाएर उत्कृष्ट ब्याटिङ गरे। विराटनगरका ओपनर जर्ज मून्से शून्यमा आउट हुँदा लोकेश बम ६ रनमा पेभेलियन फर्किए।
साम हेजलेट १६ रनमा आउट हुँदा सहिल पटेल र बसिर अहमद समान १९/ १९ रन बनाएर आउट भए। मार्चेन्ट दे लांगे २ रनमा आउट हुन पुगे। २५ रन बनाएका नारायण जोशी नन्दन यादवको बलमा आउट भए। प्रतिश जिशी ६ रन बनाएर आउट भए। सन्दीप लामिछानेले ६ रनमा नटआउट रहे।
कर्णालीका लागि सोमपाल कामी र गुलशन झाले समान दुई/दुई विकेट लिँदा पवन सर्राफ, विलियम बसिस्टो, नन्दन यादवले समान एक एक विकेट लिए।