सिटिजन्स बैंकको साधारणसभा आज, लाभांश पारित गरिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज कम्पनीको १९ औं साधारणसभा गर्दैछ । अनुपम फुडल्यान्ड काठमाडौंमा बोलाइएको साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारितलगायतका एजेण्डा पारित गर्ने बैंकले जाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०।२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्ने बताइएको छ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

बैंकले साधारण सभा तथा लाभांश वितरणका लागि कात्तिक १७ गते बुक क्लोज गरिसकेको छ। यसअनुसार कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार