नेप्सेमा दोहोरो अंकको बृद्वी, ६.६६ अर्बको कारोबार 

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार (मंसिर ११) धितोपत्र दोस्रो बजार मापक नेप्से दोहोरो अंकले बढेको छ ।

यस दिन बजार १०.४० अंक अर्थात् ०.३९ अंकले बढेर २६७६.०३ बिन्दुमा बन्द भएको छ ।

नेप्सेका अनुसार यस दिन ३३३ कम्पनीको कारोबार भयो । जसमा १३१ कम्पनीको सेयर मूल्य बढ्दा १२१ को घट्यो भने ६ वटाको मूल्य स्थिर रह्यो ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम सामान्य घटेको छ । बुधबार ६ अर्ब ६९ करोड २९ लाख रुपैयाँको कारोबार भएकामा यस दिन ६ अर्ब ६६ करोड २३ लाख रुपैयाँबराबरको कारोबार भयो ।

सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रीटेकको मूल्यमा सकारात्मक सर्किट लाग्यो । हिम स्टार ऊर्जा र फस्र्ट माइक्रोफाइनान्सका सेयरधनीले सर्वाधिक ७.७८ प्रतिशत घाटा व्यहोरेका छन् ।

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सर्वाधिक ४० करोड १७ लाख ७१ हजारको सेयर कारोबार भयो ।

त्यस्तै, कारोबारमा आएका १३ उपसमूहमध्ये फाइनान्स, उत्पादन, लघुवित्त र ‘अन्य’ समूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार