ग्रीन डेभलपमेन्ट बैंकले लाभांश कति दिने भयो ?

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बुधबार बसेको बैंकको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट लाभांश दिने भएको हो ।

सञ्चालक समितितले पारित गरेअनुसार कुल चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने रकम बोनस सेयरको रूपमा र सोही मुनाफाबाट कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशतले हुन आउने रकम नगद लाभांशको रूपमा दिने निर्णय गरिएको हो ।

बैंकका कम्पनी सचिव हरिबहादुर बुढाथोकीका अनुसार यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार