काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको आज अपरान्ह बसेको बैठकले आव २०८१–८२ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव खिमबहादुर कार्कीले जनाएका छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले पाउने छन् ।