काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आठौं खेलमा आज लुम्बिनी लायन्स र काठमाण्डू गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजेदेखि उक्त खेल हुँदैछ ।
दुबै टिमको यो तेस्रो खेल हो । दुई खेलमा दुबै टिमले एक जीत र एक हारसहित २/२ अंक जोडेका छन् । रनरेटको आधारमा भने काठमाण्डू अगाडि छ ।
लुम्बिनी राष्ट्रिय टिमको क्याप्टेन रोहित पौडेलको कप्तानीमा छ भने काठमाण्डूको कप्तानी करण केसीले गरिरहेका छन् ।