सुपर मादी हाईड्रोपावरले गर्यो लाभांश घोषणा

काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश दिने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस सेयरको कर प्रयोजनका लागि ०.२६४२ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्ताविलत लाभांश कम्पनीेको आगामी १६ औं वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार