राष्ट्र बैंकको आम्दानी बढ्यो, सबै खर्च कटाएर ४२ अर्ब सरकारलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा आम्दानीमा वृद्धि गरेको छ । आइतबार बैंकका गभर्नर विश्वनाथ पौडेलले अर्थमन्त्री रामेश्वर खनाललाई पेश गरेको वार्षिक प्रतिवेदनमा यस्तो देखिएको हो ।

प्रतिवेदनको बारेमा गभर्नरको कार्यालयले जारी गरेको सूचनाअनुसार बैंकले विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्यांकन लाभ/हानि समायोजनअघिको खुद आय र अघिल्लो वर्षको तुलनामा ९ दशमलव ११ प्रतिशतले वृद्धि भई ८० अर्ब ४८ करोड २६ लाख कायम भएको जनाइएको छ ।

बैंकको सम्पत्ति तथा दायित्व रु २६ खर्ब २३ करोड ९५ लाख ४० हजार बराबरको पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय बैङ्कका अनुसार, विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरी बाँकी रु ४२ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार