वाणिज्य बैंकको ब्याजदर सार्बजनिक ! १० को घट्यो, १० को स्थिर

काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि औसत ब्याजदर घटाएका छन् । आइतबार प्रकाशित सूचनाअनुसार, २० मध्ये १० वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन् ।

दश बैंकहरूले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । औसतमा वाणिज्य बैंकहरूको ब्याजदर ०.१६ प्रतिशत विन्दुले घटेको छ ।

प्राइम कमर्सियल, एनआईसी एसिया, कुमारी, सिद्धार्थ, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड, सिटिजन्स, नबिल, नेपाल एसबीआई र सानिमा बैंकले मंसिर महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । बाँकी १० बैंकले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

मंसिर महिनाका लागि सबैभन्दा बढी ब्याजदर एनआईसी एसिया बैंकले घटाएको छ । एनआईसी एसिया बैंकले कात्तिकको तुलनामा ०.७५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । मंसिर महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा एनआईसी एसियाले अधिकतममा ५.७५ प्रतिशतका दरले ब्याजदर तोकेको छ ।

व्यक्तिगत मुद्दती निक्षेपमा मंसिर महिनामा सबैभन्दा बढी ब्याज ग्लोबल आईएमई बैंकले तोकेको छ । व्यक्तिगत निक्षेपमा ग्लोबल आईएमई बैंकले अधिकतममा ६ प्रतिशतसम्म ब्याज दिने भएको छ । सबैभन्दा कम ब्याज भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले अधिकतम ४.७ प्रतिशत ब्याज दिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार