पचास रुपियाँको ४२ करोड थान नोट चिनियाँ कम्पनीले एक करोड चार लाख अमेरिकी डलरमा छाप्ने

काठमाडौं । पचास रुपियाँको ४२ करोड थान नोट छाप्ने जिम्मा पनि चिनियाँ कम्पनी चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले पाएको छ ।

राष्ट्र बैंकको आजको पत्र अनुसार १ करोड ४ लाख २२ हजार ५ सय ३५ अमेरिकी डलरमा उक्त नोट डिजाइन, प्रिन्टिङ, सप्लाई र डेलिभरी गर्नेगरी चिनियाँ कम्पनीलाई ठेक्का दिइएको हो ।

यसअघि ५ रूपियाँ, १० रूपियाँ, १०० रूपियाँ, ५०० रूपियाँ र १००० रूपियाँ दरका नेपाली नोट छाप्ने जिम्मा पनि चिनियाँ कम्पनीलाई दिइएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार