काठमाडौं । नेपाल धितोपत्र बोड (सेबोन) बाट सोलु हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ ।
कम्पनीले सोमबार प्रति कित्ता रु. १०० अंकित दरको २ करोड कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो ।
सेबोनबाट अनुमति पाएसंगै आईपीओ निष्काशनको तयारी शुरु गर्ने बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट र हिमालयन क्यापिटलले जनाएका छन् ।