काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।
बैंकको चुक्तापुँजी चार अर्ब ८७ करोड ५७ लाख रुपैयाँ छ । वितरणयोग्य सञ्चित मुनाफा ६६ करोड ८५ लाख रुपैयाँ रहेको छ ।