प्रकृतिसँग जोडिएका विश्वका देश: नेपाल पहिलो नम्बरमा, अरु बिकसित देश धेरै पछाडि

धनी तथा शहरीकरण भएका समाजहरूमा प्रकृति-सँगको सम्बन्ध कमजोर बन्दै

काठमाण्डौ । एक नयाँ अन्तर्राष्ट्रिय अध्ययनले नेपाललाई विश्वको सबैभन्दा बढी प्रकृतिसँग भावनात्मक तथा बौद्धिक रूपमा जोडिएको देशको रूपमा पहिचान गरेको छ।

यसै अध्ययनअनुसार, बेलायत ६१ देशमध्ये ५५औं स्थानमा रहेर विश्वका कमजोर प्रकृति-सम्बन्धी देशहरूमा पर्छ। यो नतिजाले धनी तथा शहरीकरण भएका समाजहरूमा प्रकृति-सँगको सम्बन्ध कमजोर हुँदै गएको देखाउँछ, जसले जैविक विविधता ह्रास र जलवायु परिवर्तन जस्ता विश्वव्यापी समस्यालाई थप जटिल बनाइरहेको छ।

अम्बियो जर्नलमा प्रकाशित यो अध्ययनले ६१ देशका करिब ५७,००० व्यक्तिहरूको डाटा विश्लेषण गरेको हो। अध्ययनकर्ताहरूले ‘प्रकृति-सँग जोडिनु’ (nature connectedness) लाई एक व्यक्ति र प्राकृतिक विश्वबीचको भावनात्मक तथा बौद्धिक सम्बन्धको रूपमा परिभाषित गरेका छन्। यो सम्बन्धले मानव कल्याण, पर्यावरणीय व्यवहार र ग्रहको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। तर, धनी देशहरूमा यो कमजोर हुँदै जाँदा जैविक विविधताको ह्रासलाई तीव्र बनाइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार