काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब १७ करोड ९३ लाख रपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासमा १ अर्ब १२ करोड ७७ लाख रुपैयाँ कमाएको बैंकले यो वर्ष नाफा बढाएको हो । बैंकको खुद ब्याज आम्दानीसँगै अन्य आम्दानीमा वृद्धि भए पनि कर्जा नोक्सानी व्यवस्था बढेकाले नाफामा केही संकुचन आएको देखिएको छ ।
बैंकको खुद ब्याज आम्दानी २ अर्ब १३ करोड ९१ लाख रुपैयाँबाट बढेर २ अर्ब ४० करोड ३९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कुल सञ्चालन आम्दानी २ अर्ब ६७ करोड ४१ लाख रुपैयाँबाट बढेर ३ अर्ब ११ करोड ३७ लाख रुपैयाँ पुगेको छ
गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गरेपनि त्यसको समायोजन हुन बाँकी रहेकाले बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४७ लाख रुपैयाँ र सञ्चित नाफा ५ अर्ब ४९ करोड ६० लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी लाभांश समायोजन नहुँदा ३४ रुपैयाँ ८५ पैसाबाट बढेर ३६ रुपैयाँ ४४ पैसा पुगेको छ।