ठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ११.२९ अंक घटेर बन्द भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार (कात्तिक २०) नेप्से परिसूचक ०.४३ प्रतिशतले घटेर २,५९६.१२ विन्दुमा बन्द भएको हो ।
कारोबार रकम बढेको छ । पाँच अर्ब ४१ करोड ६९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार चार अर्ब ६८ करोड १९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । आज ७७ कम्पनीको सेयरमूल्य बढेको छ । १६५ कम्पनीको सेयरमूल्य घटेको छ । नौ कम्पनीको सेयरमूल्य स्थिर छ ।
यस दिन दरमखोला हाइड्रो इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । माबिलुङ इनर्जीको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । सम्पदा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
शिवम् सिमेन्टको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यो कम्पनीको ३० करोड ९१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आएका १३ मध्ये उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.१२ प्रतिशतले बढेको छ भने म्युचुअल फन्ड समूहको परिसूचक ०.१९ प्रतिशतले बढेको छ ।