स्टार्टअप उद्यम कर्जाका लागि मागियो आवेदन, २१ दिनको समय

काठमाडौं । सरकारले स्टार्टअप कर्जाका लागि आवेदन आह्वान गरेको छ । बुधबार औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सूचना प्रकाशित गर्दै स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि बमोजिम कर्जा लिन इच्छुक उद्यमीले २१ दिनभित्र आवेदन दिन सक्ने बताइएको छ ।

स्टार्टअप उद्यम कर्जा लिन चाहने उद्यमीहरूले कार्यविधिको दफा ४ अनुसार योग्यता पूरा गरेको र अनुसूची १ बमोजिमको क्षेत्रमा नवीन ज्ञान सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यमीले आवेदन दिन सक्ने बताइएको छ ।

यस्तो परियोजना अनलाइनबाट पनि भर्न सक्ने बताइएको छ । उद्योगमन्त्री अनिलकुमार सिन्हाले ल्याएको कार्ययोजनामा माघ महिनाभित्र स्टार्टअप कर्जाको लागि प्रारम्भिक छनोट गरिसक्ने तय गरिएको थियो । त्यही अनुसार प्रतिष्ठानले आवेदन मागेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार