काठमाडौं । नेप्से परिसूचक ३०.७५ अंकले बढेर बन्द भएको छ । आज आइतबार नेप्से परिसूचक १.१८ प्रतिशतले बढेर २६३१.१४ विन्दुमा बन्द भएको हो ।
अस्ति बिहीबारको तुलनामा कारोबार रकम एक अर्ब ६८ करोड रुपैयाँले बढेको छ । आज नौ अर्ब २० करोड ३१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । गत साताको अन्तिम कारोबार दिन सात अर्ब ५१ करोड ३९ लाख रुपैयाँको सेयर खदिरबिक्री भएको थियो ।
यस दिन २०५ कम्पनीको सेयर मूल्य बढेको छ । ४२ कम्पनीको सेयरमूल्य घटेको छ । तीन कम्पनीको सेयरमूल्य स्थिर छ । पाँच कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । खानीखोला हाइड्रोपावरको सेयरमूल्य ४.७६ प्रतशितले घटेको छ ।
गत बिहीबारदेखि नै हिमालयन बैंकको प्रमोटर सेयर सर्वाधिक खरिदबिक्री भएको छ । बिहीबार यो बैंकको एक अर्ब ६६ करोड ५० लाख रुपैयाँको प्रमोटर सेयर खरिदबिक्री भएको थियो । आज हिमालयन बैंकको एक अर्ब ६६ करोड ५० लाख रुपैयाँको प्रमोटर सेयर खदिरबिक्री भएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये व्यापार समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ । व्यापार समूहको परिसूचक १.१० प्रतिशतले घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ५.१७ प्रतिशतले बढेको छ ।