पर्यटकको उद्धार गर्न गएको हेलिकोप्टर लोबुचेमा दुर्घटना, पाइलटको सकुशल उद्धार

काठमाडौँ । लेक लागेर बिरामी भएका पर्यटकलाई लिन गएको अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दिएको जानकारी अनुसार सोलुखुम्बुको लोबुचेमा हेलिकोप्टर हिउँमा चिप्लिएको हो । दुर्घटनापछि पाइलट विवेक खड्का उद्दार गरी लुक्ला ल्याइएको प्रहरीले जनाएको छ ।

उद्दारको पर्खाइमा रहेका पर्यटकलाई अर्को हेलिकोप्टरबाट उद्दार गर्ने तयारी रहेको छ । दुर्घटनामा परेको हेलिकोप्टरमा पनि सामान्य क्षति मात्रै भएकोले मर्मतपछि उडान गरिने प्रहरीले जनाएको छ ।

हेलिकप्टर क्याप्टेन विवेक खड्काले चलाएका थिए । उद्धारका लागि गएको हेलिकप्टरमा अरु कोही यात्रु सवार थिएनन्।

प्रतिक्रिया
सम्बन्धित समाचार