तिहारपछि खुलेको सेयरबजारमा सामान्य अंकको बढोत्तरी

काठमाण्डौ । तिहारको बिदापछि पहिलोपटक खुलेको सेयरबजार आज सामान्य अंकले वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.२० प्रतिशत अर्थात ५.१९ अंकले बढेर २ हजार ५०९.०४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१३ प्रतिशतले घटेर ४३७. विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा स्क्रिप्टको ५५ लाख ९६ हजार ७७ कित्ता सेयर २ अर्ब ६६ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार