विपिन जोशीको आज राष्ट्रिय सम्मानका साथ महाकाली नदीको किनारमा दाहसंस्कार

महेन्द्रनगर । महाकाली नदीको किनारमा विपीन जोशीको दाहसंस्कार गरिएको छ । सोमबार साँझ भीमदत्त नगरपालिका–३ स्थित निवासमा जोशीको शव पुर्‍याइएको थियो ।

आज बिहान विपीनको शवयात्रा पश्चात महाकाली नदी किनारमा दाहसंस्कार गरिएको हो । विपीनको शवलाई सशस्त्र प्रहरी बल नेपालको एक टुकुडीले सलामी अर्पण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।

शवयात्रामा स्थानीय तहका जनप्रतिनिधि, प्रशासनिक निकाय र सुरक्षा निकायका पदाधिकारीका साथै सयौँ स्थानीयवासी सहभागी थिए । दुईवर्षदेखि हमासको नियन्त्रणमा रहेका विपीनको सोही अवधिमा मृत्यु भएको थियो । हमासको आक्रमणमा परी विपीनसँगै सुदूरपश्चिमका आठ विद्यार्थीले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार